STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एक जिल्लाबाट अर्कोमा जान रोक, अब बाहिर निस्किन पास अनिवार्य

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ३०, मंगलबार

काठमाडौं – कोरोना भाइरस संक्रमण एकैपटक धेरैमा देखिएपछि सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ । एक जिल्लाबाट अर्कोमा जान यस अघि दिइएका सबै सवारी पासहरु पनि रद्द गरिएको छ । मंगलबारमात्रै एकैदिन ५७ जना कोरोना संक्रमित देखिएपछि गृहमन्त्रालयले मंगलबार दिउँसै उक्त निर्णय लिएको हो । गृह मन्त्रालयले जनाएअनुसार बिहीबारदेखि लागू हुने गरी उक्त निर्णय गरिएको हो । यसका साथै, काठमाडौं उपत्यकाको तीन जिल्लाको हकमा भने एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने प्रावधान लागू नहुने उनले बताए । यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचयपत्र देखाएर हिँड्ने गरेकोमा अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको गृहले जनाएको छ । साथै, सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।
Categorized in राष्ट्रिय