एक सय नवौँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा सात महिला सम्मानित
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २३, बिहिबार
चेम्बर अफ कमर्श पोखराले विभिन्न क्षेत्रका सात महिलालाई सम्मान गरेको छ । एक सय नवौँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा पोखरा चेम्बरले पर्यटनबाट इन्दिरा बराल, शिक्षाबाट उमा लामिछाने, सहकारीबाट कमलादेवी गिरी, उद्यमशीलताबाट राजकुमारी पन्थी, सञ्चारबाट नरमाया रसाइली, कलाकारिताबाट मिलन शेरचन र यातायातबाट ट्याक्सी चालक विष्णु कुँवरलाई सम्मान गरेको थियो ।
सो अवसरमा गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री हरिबहादुर चुमानले लैङ्गिक विभेदको अन्त्य गर्न सके सभ्य समाजको निर्माण हुने बताउँदै समतामूलक समाजका लागि सबै जुट्नुपर्ने बताउँदै महिला विकासको बाधक रहेका कानूनलाई संशोधन गरिने जानकारी दिनुभयो । गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइराला र पुष्पा केसीले महिलाको श्रमलाई अर्थमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो । चेम्बरका अध्यक्ष किसान सुनारले संस्थाले सामाजिक क्षेत्रमा उत्तरदायित्व बहन गर्दै लैङ्गिक समानताका लागि एकताबद्ध भएर हिंसाविरुद्धको अभियानमा सधँै सहकार्य गर्ने बताउनुभयो । सोही अवसरमा उपाध्यक्ष गीता तिवारीको संयोजकत्वमा चेम्बर महिला उपसमिति गठन गरिएको छ । जननी सम्मान शुक्रबार महिलाद्वारा सञ्चाालित र महिला मात्रै कार्यरत रेडियो जननी ९०.६ ले श्रमिक महिला दिवसका अवसरमा पाँचौँ जननी सम्मान शुक्रबार दिँदैछ । उद्यमशीलता, स्वतन्त्रता र समानताको नारालाई आत्मसात् गर्दै स्थापना भएको रेडियोले विगतमा जस्तै समाजमा उत्कृष्ट योगदान पु¥याएका महिला समूहलाई ‘जननी अवार्ड –२०७५’ र गण्डकी प्रदेशमा रही विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका महिलालाई ‘जननी सम्मान–२०७५’ प्रदान गर्ने कार्यक्रम संयोजक एवं रेडियोका कार्यकारी निर्देशक सविता शेरचनले बताउनुभयो ।


