STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एचआइभी सङ्क्रमितलाई बाख्रा वितरण

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २६, बिहिबार

जिल्लाको पूर्वीचौकी गाउँपालिकामा रहेका एचआइभी सङ्क्रमितलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । एचआइभी सङ्क्रमितहरुको आयआर्जन वृद्धि तथा जीवनस्तरमा सुधार गर्नका लागि स्थानीय रानीढुङ्गा लालीगुराँस एकता समाजको आयोजना तथा पूर्वीचौकी गाउँपालिकाको आर्थिक सहयोगमा एचआइभी सङ्क्रमितलाई बाख्रा वितरण गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो । पूर्वीचौकी गाउँपालिकामा रहेको २०० भन्दा बढी एचआइभी सङ्क्रमितमध्ये आर्थिक अवस्था कमजोर भएका २१ जनालाई जनही एक÷एक उन्नत जातका बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । जसमध्ये २ जना विद्यार्थीलाई एसइई खर्चका लागि जनही रु पाँच÷पाँच हजार र तीन जनालाई उपचार खर्चवापत रु १०÷१० हजार वितरण गरिएको पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिनुभयो । एचआइभी सङ्क्रमितको आर्थिक अवस्थामा सुधार गर्ने उद्देश्य राखेर बाख्रा वितरण गरिएको र आगामी वर्षमा बाँकी रहेका सङ्क्रमितलाई समेत बाख्रा वितरण गरिने खड्काले बताउनुभयो । एचआइभीपीडितमध्ये न्यून आर्थिक स्थिति भएकालाई आर्थिक स्थितिमा सुधार ल्याउनका लागि र व्यावसायिक रुपमा अगाडि बढाउने उद्देश्यले पहिलोपटक बाख्रा वितरण गरिएको हो । जिल्लाको पूर्वीचौकी गाउँपालिकामा सबैभन्दा बढी एचआइभी सङ्क्रमितहरु छन् ।
Categorized in राष्ट्रिय