STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एजेण्डा तय गर्दै सकियो नेकपाको स्थायी कमिटी बैठक, अर्काे बैठक असार १२ गते

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १०, बुधबार

काठमाडौं : सत्तारुढ नेकपा कम्युनिस्ट (नेकपा) स्थायी कमिटी बैठक एजेण्डा तय गर्दै सकिएको छ। बुधबार बालुवाटारमा बसेको बैठकले एजेण्डा तय गरेको हो। बैठकको प्रस्तावित कार्यसूची अध्यक्षको तर्फबाट महासचिव विष्णु पौडेलले प्रस्तुत गरेका थिए। कार्यसूचीमाथि बैठकमा सहभागी सहभागी नेताले धारणा राखेका छन्। कार्यसूची अनुसार बैठकको प्रारम्भमा प्रधनमन्त्री एवम् अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने पहिलो एजेण्डा रहेको थियो। सोही क्रममा अध्यक्षद्वय ओली र प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीले निर्वाह गर्नुपर्ने जिम्मेवारीको विषयमा मन्तव्य राखेका छन्। बैठकले दोस्रो एजेन्डाको रुपमा कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रणका प्रयासलाई समेटेको छ। तेस्रो एजेण्डामा सीमा समस्या समाधानको विषय समेटिएको छ भने चौथो एजेण्डामा सरकारको कामको समग्र समीक्षा समेटिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। त्यसैगरी पाँचौ एजेण्डामा पार्टीको कामको समीक्षा र एकीकरणको पूर्णताको विषयमा छलफल हुने श्रेष्ठले जानकारी दिए। छैटौ एजेण्डाको रुपमा एमसीसीको बारेमा छलफल हुने गरी कार्यसूची तय भएको हो। त्यसबाहेक विविध एजेण्डामा भने रुकुम घटना, नागरिकता सम्बन्धी विधेयकमाथि छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए। बुधबार अध्यक्षद्वयले सम्बोधन गरेपछि सकिएको बैठक असार १२ गते पुन बस्नेछ।
Categorized in राष्ट्रिय