STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एनसेलको नेटवर्कमा समस्या

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण २८, सोमबार

काठमाडौं - निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्कमा समस्या देखिएको छ । सोमबार दिउँसो ३:४८ बजेदेखि समस्या देखिएको कम्पनीले जनाएको छ ।

अहिले एनसेलबाट फोन लाग्न र एसएमएमा समस्या देखिएको छ ।

कम्पनीले यसबारे जानकारी दिँदै तत्काल समाधानका लागि काम गरिरहेको बताएको छ ।

एनसेलले नेटवर्कमा समस्या आएको जानकारी दिँदै भनेको छ , “आज सोमबार, साउन २८ गते दिउँसो ३ः४८ बजेबाट यस कम्पनीले प्रवाह गर्दै आएका सेवाहरू प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको अवगत गराउँन चाहन्छौँ । यसबाट पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौँ र अवरुद्ध सेवा यथाशीघ्र सुचारु गर्नका लागि तदारुकताका साथ काम भइरहेको जानकारी गराउन चाहन्छौँ ।”

 

Categorized in बिजनेस