STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एनसेल खरिद-बिक्री प्रकरणमा सरकारले छानबिन गर्ने

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर १९, मंगलबार

काठमाडौं - एनसेल खरिद बिक्री प्रकरणमा सरकारले छानबिन गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री रेखा शर्माले विज्ञप्ति जारी गर्दै एनसेलका विषयमा छानबिन गर्ने जानकारी दिएकी छन्।

नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारीसमेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा भएको देखिने एनसेलको कारोबारका सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले समेत निर्देशन दिइसकेको उनले उल्लेख गरेकी छन्। 

'नेपाल सरकारले एनसेलको सेयर खरिद बिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवं यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्नेछ। यस अध्ययन तथा छानबिनबाट कुनै अनियमितता भएको पाइएमा नेपाल सरकारले सम्बन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारबाहीको दायरामा ल्याउनेछ,' विज्ञप्तिमा भनिएको छ।

नेपाल र नेपालीको हित संरक्षण तथा प्रचलित कानुनको पालना गर्न गराउन नेपाल सरकार प्रतिबद्ध रहेको मन्त्री शर्माको भनाइ छ।

Categorized in राजनीति