STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एभरेष्ट नेपाल कल्चरल ग्रुपको दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १८, आइतबार

एभरेष्ट नेपाल कल्चरल ग्रुपको अगुवाइमा दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको शुभारम्भ भएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मुल नाराका साथ उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा दशौं अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला कमलादी स्थित प्रज्ञा भवनमा शनिबार भव्य रुपमा शुभारम्भ भएको हो । मेलामा बङ्लादेश, बुल्गेरिया, डेनमार्क, इस्टोनिया, भारत, नेपाल, इजरायल, मलेसिया मेक्सिको, श्रीलंका गरी दश देशका कलाकारहरुले कला प्रस्तुत गरेका थिए । दश देशबाट आएका दुईसय पचास भन्दा बढी कलाकारहरु उपस्थिति रहेको थियो । ब्रज कला कुञ्जका कलाकारहरुले कुमारी नृत्य प्रस्तुत गरेर सुरु भएको मेलामा अन्य देशले आफ्नो देशको लोक सांस्कृतिक नृत्य गीत प्रस्तुत गरेका थिए । नेपाली लोक सांस्कृति संरक्षण तथा सम्वर्दन गर्ने प्रमुख उद्देश्यका साथ बाईस बर्ष अगाडी स्थापना भएको संस्थाले स्थापनाकालदेखि नै लोक सांस्कृति तथा पर्यटकीय विकासमा टेवा पुर्‍याउने उद्देश्यले आफ्नै मौलिक लोक सांस्कृतिक झल्कने कार्यक्रमहरु स्वदेश तथा बिदेशमा प्रस्तुत गरी नेपालको गरिमा बढाउने कार्य गर्दै आएको कार्यक्रमका सभापति तथा एभरेष्ट नेपाल कल्चर ग्रुपका अध्यक्ष तथा दशै अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला संयोजक रामचन्द्र कोइरालाले बताए । पर्यटन प्रवद्र्धनको उद्देश्यले भ्रमण वर्ष उत्सवकै रुपमा वर्षभरि मनाउने घोषणा गर्दा कोरोना भाइरस ९कोभिड(१९० लगायत विभिन्न कारणले नेपालमा पर्यटक आउन सङ्कोच मानिरहेको सन्दर्भमा मेलामा सहभागी अन्तर्राष्ट्रिय कलाकारले नेपाल भ्रमण सुरक्षित छ भन्ने सन्देश बोकेर जाने कोइरालाले बताए । कार्यक्रम फागुन २५ गतेसम्म आयोजना हुनेछ भने काठमाडौं, ललितपुर र पोखरामा कार्यक्रम आयोजना गरिने कार्यक्रमका संयोजक कोइरालाले बताए ।
Categorized in सिनेमा