एमसिसीविरूद्ध वानेश्वरकाे प्रदर्शनमा आज पनि झडप
Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १५, आइतबार
काठमाडौं - अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप भएको छ ।
सरकारले व्याख्यात्मक टिप्पणीसहित आजै एमसीसी पारित गर्ने तयारी गरेपछि प्रदर्शनकारीले प्रदर्शनलाई उग्र बनाउँदै लगेका छन् ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा हानेका छन् । प्रहरीले पनि लाठीचार्ज र पानीको फोहोरा प्रहार गरेको छ । बानेश्वर क्षेत्रमा सडक खाली गरेर प्रहरीले ब्यारिकेड राखेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरिरहेका छन् ।
सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरे पनि सो पार्टीका कार्यकर्ता भने विरोधमा प्रदर्शन गरिरहेका छन् ।
अहिले संसदमा एमसीसीका विषयमा सैद्धान्तिक छलफल जारी छ ।
Categorized in राजनीति

