एमसीसीको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण ३, मंगलबार
फागुन ३, काठमाडौं - सत्तारुढ नेपाली काँग्रेसको बुधबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) टेबल गराउने निणर्य गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसीलाई संसदमा अघि बढाउनुपर्नेमा जोड निर्णय गरेको हो ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सभामुखलाई फोन गरेर आफूले एमसीसी अघि बढाउनुपर्छ भनिसकेको जानकारी गराएका छन् ।
कांग्रेस संसदीय दलले, केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिपरिषदले २५ माघ २०७५ मा एमसीसी अनुमोदान सम्झौता संसदमा पेश गर्ने र अनुमोदन भएपछि दातृ निकायलाई जानकारी गराउने निर्णय गरेको र त्यसअनुसार २०७६ असार ३० गते अनुमोदनका लागि संसदमा दर्ता भएको स्मरण गरेको छ ।


