STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एमसीसीबारे टुङ्गोमा पुग्न तीन सदस्यीय कार्यदल

Janjati Khabar – Janjati Khabar | २०७८ पौष ५, सोमबार

५ पुस, काठमाडौं - सत्ता गठबन्धनले अमेरिकी सहायता परियोजना (एमसीसी) बारे अन्य दलसँग छलफल गर्न र टुङ्गोमा पुग्न तीन सदस्यीय कार्यदल बनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको गठबन्धनको बैठकले कार्यदल बनाएको हो । कार्यदलमा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका छन् ।

 

सरकारका क्रियाकलाप, संसद् सञ्चालन र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने उपस्थित छैन ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेमकिपालगायत दलका नेताहरू सहभागी छन् । यसअघि प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनमा सर्वदलीय बैठकका एजेन्डाबारे छलफल गरेका थिए ।

Categorized in राजनीति