STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एमालेको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक स्थगित

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण १०, बुधबार

काठमाडौं - प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै बैठक अवरुद्ध गरेको छ ।

आजको बैठकको आकस्मिक समय चलिरहेको बेला सो पार्टीका प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारलाई रुलिङको माग गरे। एमालेका सांसदहरू ‘सुन तस्करीलाई कारबाही गर’लगायत नारा लगाउँदै ‘रोष्टम’ घेर्न पुगेका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले आजको बैठकको कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाइएको जानकारी गराउँदै प्रतिनिधिसभाको अर्को बैठक यही साउन १५ गते दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको घोषणा गरे।

यसअघि बैैठकको प्रारम्भमै एमालेका सांसद आसनमा उभिएर बिरोध जनाएपछि सभामुख देवराज घिमिरेले सो पार्टीका प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएका थिए । प्रमुख सचेतक गिरीले अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशमा श्रम गरेर आउने जनताका एक सेट मोबाइल र सानो टुक्रा सुन जफत हुने गरेकामा क्विण्टल सुन गैरकानुनीरुपमा कसरी भित्रियो भनी विरोध जनाए।

प्रमुख सचेतक गिरीले यस प्रकरणमा संसद्बाट उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै त्यसको सुनिश्चितता नभएसम्म संसद् चल्न नदिने बताए। साथै उनले यस्तो अवस्थामा गृहमन्त्री कुर्सीमा बस्न योग्य नभएको समेत बताएका थिए ।

Categorized in राजनीति