एमालेले टुंग्यायो समानुपातिक उम्मेदवारको नामावली
Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन २, आइतबार
काठमाडौं - नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको नामावली पारित गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभाका लागि ५७ जना महिलासहित ११० र प्रदेशसभाका लागि दुई सय २० जनाको नाम समानुपातिकका लागि छनोट गरेको बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी गराउँदै एमाले प्रचार विभागका उपप्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।
यसअघि समानुपातिकबाट सांसद बनेका, प्रत्यक्षमा उम्मेदवार बनेका र स्थानीय तहमा उम्मेदवार बनेकालाई यस पटक नसमेटिएको भन्दै उनले एमालेले निर्वाचन आयोगमा सोमबार समानुपातिकतर्फको सूची बुझाउने बताए।
एमालेले उम्मेदवारको नाम सिफारिस गर्दा आदिवासी, जनजातितर्फ ३२, खर्स आर्यतर्फ ३४, थारुतर्फ सात, दलिततर्फ १५, मधेसीतर्फ १७ जनालाई समेटेको उनले जानकारी दिए।
Categorized in राजनीति

