एमालेसँगको चुनावी सहकार्य सकियाे : उपेन्द्र यादव
Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर १९, सोमबार
काठमाडौं - जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादले नेकपा एमालेसँगको सहकार्य सकिएको घाेषणा गरेका छन् ।
आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जसपा अध्यक्ष यादवले एमालेसँगको चुनावी सहकार्य सकिएको बताएका हुन् ।
गत मंसिर ४ गते भएकाे चुनावमा जसपाले केही सिटमा एमालेसँग तालमेल गरेको थियो । चुनावी तालमेल गर्दा पनि यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग फराकिलो मतान्तरले पराजित भएका थिए ।
यादवले सरकार गठनमा कसलाई समर्थन गर्ने भन्ने विषयमा निर्णयमा पुगिनसकेको बताए ।
Categorized in राजनीति

