STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एमाले स्कूल विभाग प्रमुखमा ओली

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण १८, सोमबार

काठमाडौं - नेकपा एमालेले ९ वटा विभाग गठन गरेको छ। दशौं महाधिवेशनको तयारीमा रहेको एमालेले सोमबार बसेको स्थायी कमिटी बैठकले ९ वटा विभाग गठन गरेको हो। बैठकको निर्णयानुसार गठित विभागमध्ये स्कूल विभागको प्रमुखमा अध्यक्ष केपी शर्मा ओली नै रहने भएका छन्। स्कूल विभागमा ११ जना सदस्य चयन गरिएको छ।

यस्तै, उपमहासचिव विष्णु पौडेललाई संगठन विभागको प्रमुखको जिम्मेवारी दिइएको छ। संसदीय विभागको प्रमुख सुवासचन्द्र नेम्वाङलाई दिइएको छ । यी दुवै विभागमा १४ जना सदस्य चयन गरिएको जनाइएको छ।

आर्थिक विभाग प्रमुखको जिम्मेवारी विष्णु रिमाललाई दिइएको छ। आर्थिक विभागमा हाललाई २ सदस्य चयन गरिएको छ।

प्रचार विभागको प्रमुख प्रदीप ज्ञवाली, पर्यटन विभागको प्रमुखमा भानुभक्त ढकाल, विदेश विभागको प्रमुखमा राजन भट्टराई, निर्वाचन विभागको प्रमुखमा अग्नि खरेललाई दिइएको छ।

Categorized in राजनीति