relans
ni new 83
nib 2082 5

एसइईको ग्रेडमा चित्त नबुझे पुनर्योग गर्नसकिने

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण १३, शुक्रबार

काठमाडौं - परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ को परीक्षामा प्राप्ताङ्क (ग्रेड) मा चित्त नबुझे पुनर्योग गर्न सक्ने सुविधा उपलब्ध गराएको छ ।

२०७८ सालको साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहेमा त्यसका लागि निवेदन दिनसक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रक्रिया पूरा गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा अथवा सोझै परीक्षा नियन्त्रण कार्यालयमा यही साउन २७ गते सम्ममा तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरिएको छ । प्रतिविषय ५०० रुपैयाँ तिरेर निवेदन दिन सकिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले जनाएको छ ।

Categorized in शिक्षा
ppp 2