relans
ni new 83
nib 2082 5

एसइईको पूरक परीक्षा साउन २६ र २७ गते

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १८, बुधबार

माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक ग्रेड वृद्धि परीक्षा आगामी साउन २६ र २७ गते सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परीक्षा तालिका सार्वजनिक गर्दै ग्रेड वृद्धि परीक्षाका लागि आगामी साउन १५ गतेभित्र प्रवेशपत्र र ग्रेडसीटको प्रतिलिपी राखी शिक्षा विकास तथा समन्वय एकाइमा फाराम बुझाउन विद्यार्थीलाई आग्रह गरेको छ । कार्यालयका अनुसार २०७५ साल चैतमा सञ्चालित एसइई परीक्षामा कुनै दुई विषयमा सी वा सी भन्दा कम ग्रेड आउने विद्यार्थीका लागि ग्रेड वृद्धिका लागि पूरक परीक्षा सञ्चालन गर्न तालिका सार्वजनिक गरेको हो । गत चैत महीनामा सञ्चालित एसइई परीक्षामा नियमित समूहबाट सामेल भएका विद्यार्थीले बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सीभन्दा कम ग्रेड आउने वा दुई विषयमा अनुपस्थित भएका विद्यार्थीले परीक्षा दिन पाउने व्यवस्था गरेको हो ।
Categorized in राष्ट्रिय
ppp 2