STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एसईईमा १.६ जीपीए ल्याएकालाई कक्षा ११ मा भर्ना गर्न अनुरोध

Janjati Khabar – Janjati Khabar | २०८० आषाढ २४, आइतबार

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षामा औसत ग्रेड ल्याउने विद्यार्थीलाई पनि कक्षा ११ मा भर्ना गर्न आग्रह गरेका छन् । बोर्डले सबै माध्यमिक विद्यालय र क्याम्पसहरुलाई औसत ग्रेड ल्याउने विद्यार्थीलाई पनि ११ कक्षामा भर्ना गराउन अनुरोध गरेको हो ।

आज कार्यालय प्रमुख जयन्ती सत्यालले एक सूचना जारी गर्दै एसईईमा न्यूनतम औसत ग्रेड प्वाइन्ट (जीपीए) १.६ प्राप्त गरेका विद्यार्थीहरु कक्षा ११ मा भर्ना हुन योग्य मानिने उल्लेख गरेकी छन् ।

सूचनामा भनिएको छ,‘राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को २०७९भदौ१९ को बैठकबाट माध्यमिक तह कक्षा १० अध्ययन पुरा गरी कक्षा ११ मा अध्ययन गर्न माध्यमिक तह कक्षा १० को अन्त्यमा हुने परीक्षा एसईईमा न्यूनतम औसत ग्रेड प्वाइन्ट (जीपीए) १.६ प्राप्त गरेका विद्यार्थीहरु योग्य मानिने निर्णय भएको हुँदा सोही अनुसार कक्षा ११ मा भर्ना गराउन अनुरोध छ ।’

Categorized in शिक्षा