STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एसईई परीक्षा सधैंको लागि खारेज गर्न संसदीय समितिको निर्देशन

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ३०, शुक्रबार

काठमाडाैं - शिक्षा तथा स्वास्थ्य समितिको बैठकले एसईई परीक्षा सधैको लागि खारेज गर्न निर्देशन दिएको छ । सरकारले कोरोना संक्रमणको कारण बिसं २०७६ सालको एसईई परीक्षा नलिने निर्णय गरे लगत्तै संसदीय समितिले एसईई परीक्षा सधैको लागि खारेज गर्न निर्देशन दिएको हो । समितिका सभापति जयपुरी घर्तीको सभापतित्वमा बसेको बैठकले कक्षा ११ को स्थानीय तह र १२ को राष्ट्रिय परीक्षा बोर्डले लिनको लागि कानूनी ब्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । कोरोना संक्रमणले ल्याएको संकटपूर्ण अवस्थामा परिक्षा संचालन नगर्ने निर्णय उपयुक्त रहेको उल्लेख गर्दै संविधान र कानूनले कक्षा १२ सम्म विद्यालय शिक्षा भनेर किटान गरेकोले यस वर्षको लागि स्थगित भएको एसईई परिक्षालाई सधैँको लागि हटाएर कक्षा १०, कक्षा ११ का परिक्षाहरु स्थानीय तहबाट संचालन गरि कक्षा १२ मा मात्रै राष्ट्रिय स्तरको परिक्षा हुने गरी आवश्यक कानूनी व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।  
Categorized in शिक्षा