relans
ni new 83
nib 2082 5

एसिया कप खेल्न नेपाली क्रिकेट टिमको घोषणा

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण २९, सोमबार

काठमाडौँ - नेपाल क्रिकेट संघले एसिया कप क्रिकेट प्रतियोगिताको लागि सोमबार राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो ।

घोषित टोलीमा आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जीसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल रहेका छन् ।

एसिया कप क्रिकेटका १६ औं संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालसहित ६ वटा राष्ट्र सहभागी छन् । एसियाका टेस्ट खेल्ने राष्ट्रहरु पनि एसिया कपमा सहभागी छन् ।

नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । उक्त समूहमा दुई बलिया टोली भारत र पाकिस्तान पनि छन् । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान परेका छन् । प्रतियोगिताको उद्घाटन खेल अगस्त ३० तारिखमा नेपाल र पाकिस्तानबीच हुनेछ । उक्त खेल मुल्तानमा खेलिने छ ।

यसैगरी नेपालले दोस्रो खेल सेप्टेम्बर ४ तारिखमा श्रीलंकाको केन्डीमा भारतसँग खेल्नेछ । नेपलले पहिलो पटक एसिया कप खेल्न लागेको हो ।

Categorized in खेलकुद
ppp 2