STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ओढारमा बस्दै आएका वृद्धले पाउने भए घर

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३०, सोमबार

गत एक महीनादेखि ओढारमा बस्दै आएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङका हीराबहादुर पुर्जा अब घरमा बस्न पाउने भएका छन् । ओढारको तलपट्टी बर्खे भेलले उर्लेको खोला, बीचमा खेत र खेतको माथिल्लो पट्टी एउटा सानो ओढार । त्यही ओढारमा विगत एक महीनादेखि अत्यन्त टिठ लाग्दो अवस्थामा बस्दै आएका पुर्जालाई रघुगङ्गा गाउँपालिकाले घर बनाइदिन शुरु गरेको छ । यही असार २३ गते राससमा प्रकाशित ‘६५ वर्षीय वृद्धको ओढारमा बास, न कोही आफन्त, न खाने गाँस’ शीर्षकको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशन÷प्रशारण भएपछि गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको पहलमा घर बनाउने अभियान शुरु भएको हो । आगामी आर्थिक वर्ष ‘अध्यक्षसँग खरको छाना फेर्ने योजना’ अन्तर्गत कार्यपालिकाको बैठकबाट हीराबहादुर र उनका दाइ तुलबहादुरको लागि पहिलो घर बनाउने अभियान शुरु गरेको गाउँपालिकाका अध्यक्ष भण्डारीले बताउनुभयो । घर निर्माणका लागि चाहिने सामग्री ढुवानी गरेर घर बनाउने स्थान तिप्ल्याङमा पु¥याइसकिएको उहाँले जानकारी दिनुभयो । तिप्ल्याङका स्थानीयको सहयोगमा तीन आना जग्गा उपलब्ध गराएर उनको घर निर्माण गर्ने तयारी गरिएको भण्डारीको भनाइ छ । घर निर्माण हुने समयसम्मको लागि उनीहरुको लागि चाहिने खाद्यान्य तथा लत्ताकपडाको व्यवस्थासमेत गरिएको छ । घरजग्गा केही नभएका ९सुकुम्वासी० पुर्जा यसअघि आफ्ना दाजु तुलबहादुर ९लोदे० पुर्जासँगै तिप्ल्याङमा अर्कैको घरको एउटा कोठामा बस्नुहुन्थ्यो । ८० वर्षीय दाजु लोदेसँग झगडा भएपछि उहाँ गत जेठको अन्तिम सातादेखि ओढारमा बस्न थाल्नुभएको रघुगङ्गा गाउँपालिका–१ का वडासदस्य बलमान गौचनले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय