STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ओलम्पिकमा अयोग्य ठहर भएपछि फोगटले लिइन् सन्न्यास

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण २४, बिहिबार

काठमाडौं - पेरिस ओलम्पिक–२०२४ को स्वर्ण पदक भिडन्तअघि अयोग्य ठहर भएपछि भारतीय रेस्लर भिनेस फोगटले सन्न्यासको घोषणा गरेकी छन् । 

उनले बुधबार स्वर्ण पदकका लागि खेल्ने तालिका थियो । तर, खेलको केही समयअघि मात्रै ओलम्पिक कमिटीले फोगटको तौल बढी रहेको भन्दै अयोग्य ठहर गरेको थियो । फाइनलमा अमेरिकी रेस्लर सराह हिल्डेब्रान्ड्टसँग खेल्ने तय भए पनि १०० ग्राम तौल बढी पाइएपछि फोगटलाई अयोग्य घोषणा गरिएको हो । 

अन्तिम समयमा अयोग्य ठहर भएपछि फोगटले सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेकी हुन् । “रेस्लिङले जित्यो र मैले हारे । मेरो सपना चकनाचुर भएको छ । मसँग अरु शक्ति छैन,” फोगटले एक्समा लेखेकी छन्, “गुडबाइ रेस्लिङ २००१–२००२४ । मसँगै तिमीप्रति ऋणी रहने छु । मलाई माफ गरिदेउ ।” 

फोगट अयोग्य भएपछि उनको स्थानमा क्युवाकी युस्नीलिज गुजमन लोपेजले फाइनल खेलेकी थिइन् । फाइनलमा लोपेजलाई ३–० ले हराउँदै हिल्डेब्रान्ड्टले स्वर्ण जितेकी थिइन् ।

Categorized in खेलकुद