STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ओलीकाे निर्णय : नारायणकाजी हटाएर प्रदीप पार्टी प्रवक्ता, निर्वाचन आयोगमा केन्द्रीय कमिटी ‘विस्तार’को पत्र

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ७, मंगलबार

काठमाडौं – प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताबाट हटाउने निर्णय गरेको छ ।

मंगलबार बिहान बालुवाटार आफू पक्षीय केन्द्रीय सदस्य भेला गर्दै ओलीले प्रवक्ताबाट श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई तोकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

नेकपा प्रवक्ता श्रेष्ठ नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-नेता माधव नेपाल खेमामा छन्।

ओली समूहले केन्द्रीय कमिटी ‘विस्तार’ गरेको पत्र निर्वाचन आयोगमा पठायो

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी ‘विस्तार’ गरेको पत्र निर्वाचन आयोगमा पुर्याएको छ ।

‘केन्द्रीय कमिटी पुनर्गठन सम्बन्धि पत्र निर्वाचन आयोगमा आइपुगेको छ’ एक आयुक्तले भने, ‘केन्द्रीय सदस्यहरूको सूची साँझसम्म पठाउने जानकारी पाएका छौं ।’

आयुक्तका अनुसार पत्रमा केन्द्रीय कमिटी पुनर्गठनको मिति भने सोमबारको राखिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको ओली समूहको बैठकले १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको छ । ओली समूहका एक नेताका अनुसार महाधिवेशन आयोजक समितिका सदस्यहरुको सूची तयार गरिँदैछ ।

यस्तै, २ मंसिर २०७८ मा महाधिवेशन गर्ने र पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाउर प्रदीप ज्ञवालीलाई नयाँ प्रवक्ता तोक्ने निर्णय गरेको ओली समूहले जनाएको छ ।

Categorized in राजनीति