relans
ni new 83
nib 2082 5

ओलीलाई १५१ किलोको माला

Janjati Khabar – Janjati Khabar | २०७८ पौष ८, बिहिबार

पुस ८, काठमाडौं - एमाले अध्यक्ष केपी ओलीलाई १५१ किलोको मालाले स्वागत गरिएको छ।

आज पर्सामा आयोजित नेकपा एमालेको जिल्ला समितिले पार्टी प्रवेश कार्यक्रममा पार्टीका कार्यकर्ताहरुले उनलाई १५१ किलोको माला लगाइदिएका हुन् ।

पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई १५१ किलोको मालाले स्वागत गरे। सोही कार्यक्रममा मियाँ माओवादी केन्द्र त्याग गरेर एमाले प्रवेश गरेका छन्। यतिबेला ओली पार्टी प्रवेश गराउने बहानामा देश दौडाहामा लागेका छन् ।

दुई दिनअघि कपिलवस्तु पुगेका उनी अब पर्सा, झापालगायतका जिल्लामा जाने कार्यसूची रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

Categorized in राजनीति
ppp 2