STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ओली नेतृत्वको सरकार गठनका लागि हस्ताक्षर

Janjati Khabar – Janjati Khabar | २०८१ आषाढ २८, शुक्रबार

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठनका लागि सांसदहरूको हस्ताक्षर संकलन गरिएको छ। शुक्रबार संसद भवनमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूको हस्ताक्षर संकलन गरिएको हो।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि हस्ताक्षर गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको आह्वान गरेलगत्तै दाबी पेस गर्ने तयारी रहेको कांग्रेस-एमाले नेताहरूले जानकारी दिएको छ। 

Categorized in राजनीति