STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ओली समूहको बैठकमा ११५ सांसद उपस्थित भएको दाबी

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण २२, शनिबार

काठमाडाैं – प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा ओली समूहको संसदीय दलको बैठकमा बहुमत सांसद उपस्थित भएको दाबी गरिएको छन् । बैठकमा ११५ जनाभन्दा बढी सांसद उपस्थित भएको दाबी गरिएको हो ।

बैठकमा ११५ सांसद उपस्थित भएको राष्ट्रियसभाका नेकपा प्रमुख सचेतक खिमलाल भट्टराईले दाबी गरे । उनका अनुसार बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रिय सभाका २४ सदस्य उपस्थित भएका थिए । उनले भोलि अरू सांसद थपिने पनि बताए ।

कानुनी हिसाबले नेकपा विभाजन हुन कठिन रहेको पनि उनको भनाइ छ । प्रतिनिधिसभा बैठक बस्नुअघि तय भएको उक्त बैठक प्रतिनिधिसभा बैठकका रणनीति तय गर्नमा केन्द्रित भएको छ ।

ओली समूहको संसदीय दलको बैठकमा सहभागी हुन प्रचण्ड–माधव समूहका सांसदहरूलाई पनि सन्देश पठाइएको थियो । तर, उनीहरू सहभागी भएनन् । र, एकता अभियान सञ्चालन गरिरहेका वामदेव गौतम पनि उपस्थित भएनन् ।

यसअघि नेकपा प्रचण्ड-माधव समूहको संसदीय दलको बैठक बसेको थियो । शुक्रबार बसेको उक्त बैठकमा १११ जना सांसद उपस्थित भएको बताइएको थियो । सोही बैठकले पुष्पकमल दाहाल 'प्रचण्ड'लाई संसदीय दलको नेतामा चयन गरेको थियो ।

५ पुस प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनलाई बदर गर्दै सर्वोच्च अदालतले ११ फागुनमा पुनर्स्थापनाको फैसला सुनाएको थियो । पुनर्स्थापित प्रतिनिधिसभाको बैठक २३ फागुन लागि आह्वान गरिएको छ ।

Categorized in राजनीति