STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ओ मैंचा मुसुमुसु न्हिला भन्दै नयाँ म्यूजिक भिडियो सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ कार्तिक ३०, आइतबार

नेपाल सम्बत ११४१ नयाँ वर्षको अवसरमा नेवाः समुदायमा विभिन्न गतिविधिहरुले तिब्रता लिएको छ । यसै क्रममा नेपालभाषाका गीतका नयाँ म्युजिक भिडियोहरु धमाधम सार्वजनिक हुँदैछन् ।

आज किशोर महर्जनको आवाजले सजिएको ‘ओ मैंचा, मुसुमुसु न्हिलाः’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । नेपाल सम्बत ११४१ न्हूदँ नयाँ वर्षको अवसरमा  एक कार्यक्रमको आयोजना गरी गीतसँग सम्बन्धित समूह र संचारकर्मीहरुबीच म्यूजिक भिडियो सार्वजनिक गरिएको हो कार्यक्रममा मन्तव्य राख्दै नेवाः अधिकारकर्मी साथै ईलोहँ प्रकाशनका प्रबन्ध निर्देशक नरेशबीर शाक्यले  विभिन्न  यो गीतको माध्यमबाट नेवाः संगीत र म्युजिक भिडियो लगायतका क्षेत्रमा युवा पुस्ताले  प्रवेश गरेकोमा खुशी व्यक्त गर्नु भयाे ।  

त्यस्तै  नेवाः फिल्महरुका   निर्देशकद्वय रामकृष्ण खड्गी र सुरेन्द्र तुलाधरले पछिल्लो समय एक पछि अर्को धमाधम नेपालभाषाका म्यूजिक भिडियोहरु सार्वजनिक भइरहेकोमा खुसी व्यक्त गर्नुभयो । सो म्युजिक भिडियो सार्वजनिक गरिएको कार्यक्रममा सिने पत्रकार एवं नेवाः म्युजिक भिडियो क्षेत्रका अग्रज विजयरत्न असंबरेले अहिले यो क्षेत्रमा सकृयता बढेकोलाई प्रशंसा गर्दै यो क्षेत्रमा भाषिक सेवाको भावना ले मात्र नभई आर्थिक उपलब्धि हासिल गर्ने उद्देश्य लिएर काम गर्नु पर्ने बताउनु भयाे ।

गायक महर्जनको साथमा, रचनाकार र संगीतकार अनिल महर्जन, म्युजिक भिडियो निर्देशक राजन शाही, परिकल्पनाकार दर्शनबीर शाक्य, छायाङ्कार र दृश्य सम्पादक मनोजरत्न शाही, मोडल विपिन शाही र सलुना श्रेष्ठ लगायतले वनि आ–आफ्नो अनुभव सुनाउँदै यो म्युजिक भिडियो एउटा राम्रो बनेको मा आफुहरु सन्तुष्ट रहेको कुरा सुनाए  ।

Categorized in साहित्य-कला