STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कडाइको निर्णयसहित काठमाडौं उपत्यकाको निषेधाज्ञा लम्ब्याइयो

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २१, मंगलबार

काठमाडौं - काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा आउँदो २९ गते राति १२ बजेसम्म लम्बिएको छ ।

काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकाको निषेधाज्ञा थप कडाइसहित आउँदो २९ गते राति १२ बजेसम्मका लागि लम्ब्याउने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटराईले जानकारी दिए ।

बैठकले खाद्यन्न तथा फलफुल पसल बिहान नौ बजेसम्म मात्र खोल्न पाउने व्यवस्था गरेको छ । उपत्यकामा साँझ ५ बजेदेखि ७ बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न पाउने निर्णय सच्याइएको छ । अब साँझ किराना र डिपार्टमेन्ट स्टोर खोल्न नदिने निर्णय गरिएको प्रजिअ भट्टराईले बताए । अबदेखि बिहान ७–९ बजेसम्म मात्र पसल खोल्न पाइनेछ ।

बैठकले सबै बैंकले जिल्लामा रहेका आफ्ना शाखामध्ये २५ प्रतिशत शाखा मात्रै खोल्न पाउने भएका छन् । बैठकले यसअघि जारी गरेका सबै पास खारेज गर्दै अब मृत्यु संस्कार लगायत अत्यावश्यक काममा मात्रै पास जारी गर्ने निर्णय पनि गरेको छ ।

सडकमा चहलपहल धेरै रहेकाले अत्यावश्यकबाहेकका सवारीको जाँच तथा कारबाहीलाई थप कडा गर्ने निर्णय पनि भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।

उपत्यकामा यसअघि गएको १६ गते जारी भएको निषेधाज्ञा बुधवार (भोलि) राति सकिँदैछ । बिहीवार (पर्सि) देखि नयाँ मापदण्डसहितको निषेधाज्ञा लागू हुने छ ।

Categorized in उपत्यका