STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख ११, मंगलबार

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा मंगलबार साँझ सोल्टी होटलमा रात्रिभोजको आयोजना गरेका छन्।

सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो। रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो।

त्यस्तै रात्रिभोजमा प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरू, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपतिहरुको समेत सहभागिता थियो।कतारका अमिर अल थानी राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मंगलबार अपराह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए। उनलाई स्वागत गर्न राष्ट्रपति पौडेल नै विमानस्थल पुगेका थिए।

कतारका अमिर विमानस्थलबाट सीधै राष्ट्रपति भवन शीतल निवास पुगेका थिए। शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरसहितको प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता भएको थियो। बुधबार दुई देशका प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताको कार्यक्रम छ। 

Categorized in राष्ट्रिय