relans
ni new 83
nib 2082 5

कतारी राजा आउँदा त्रिभुवन विमानस्थल आधा घण्टा बन्द हुने

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख ११, मंगलबार

काठमाडौं - कतारका राजा आउने समयमा करिब आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ। 

दुई दिने औपचारिक भ्रमणका क्रममा कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आउन लागेका हुन्। 

त्रिभुवन विमानस्थलका अनुसार उनी सवार विमान अवतरणअघि १५ मिनेट र अवतरणपछिको १५ मिनेट अन्य जहाज उड्न र अवतरण गर्न रोक लगाइनेछ। 

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले विशिष्ट अतिथि आगमनको क्रममा यस्तो व्यवस्था गरिएको बताए। 

उनले भने, ‘महत्त्वपूर्ण विशिष्ट अतिथि आउँदा ल्यान्ड हुनुअघि र पछिका १५/१५ मिनेट अन्य विमानलाई उड्न र अवतरण गर्न रोक लगाइनेछ।’

कतारका राजाको यो पहिलो राजकीय भ्रमण हो। सरकारले सोमबार नै उनी आउने दिन अर्थात् मंगलबार सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ।   

Categorized in राष्ट्रिय
ppp 2