STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कथाकार परशु प्रधानको निधन

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र ६, मंगलबार

काठमाडौं - कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ। उनको हिजो राति आफ्नै निवासमा निधन भएको उनका छोरा प्रतीक प्रधानले जानकारी दिए। स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी छन्।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ। स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गरेका थिए।

उनका ‘वक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तराद्र्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया’कथा सङ्ग्रह प्रकाशित कृति हुन्।

Categorized in व्यक्तित्व