STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कपन वस्ने युवतीमा कोरोना संक्रमण : बुढानीलकण्ठ नगरपालिका

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ४, आइतबार

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ कपनमा बस्ने एक युवतीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। केही दिनअघि सर्लाही रामपुरबाट काठमाडौं आएकी उनमा पिसिआर परीक्षणबाट आइतबार कोरोनाको संक्रमण पुष्टि भएको बुढानिलकण्ठका मेयर उद्धवप्रसाद खरेलले सेतोपाटीलाई बताए। ती युवती कपनस्थित एक फर्निचर उद्योगमा काम गर्ने उनले बताए। ती युवतीसहित तीन जना केही दिनअघि सर्लाहीबाट काठमाडौं आएका थिए। ‘उनीहरू लुकिछिपी मोटरसाइकलबाट सर्लाहीदेखि काठमाडौं आएका रहेछन्,’ मेयर खरेलले सेतोपाटीसँग भने, ‘स्थानीय बासिन्दाले लकडाउनका बेला किन आएको भनेर हल्लाखल्ला गरे। परीक्षण गर्न माग गरेपछि परीक्षण गरियो।’ स्थानीय बासिन्दाले ती मानिसको परीक्षण गर्न माग गरेपछि प्रहरीले उनीहरूलाई परीक्षणका लागि लगेको थियो। ‘पहिले आरडिटी परीक्षण गरेको त्यसमा नेगेटिभ देखायो। पछि पिसिआर गर्दा एक १९ वर्षीया युवतीमा पोजेटिभ देखियो,’ मेयर खरेलले भने। ती युवतीलाई टेकुमा परीक्षण गरिएको उनले बताए। उनलाई अहिले आइसोलेसनमा राखिएको छ। ‘अहिले कन्ट्याक ट्रसिङ गर्ने काममा हामी लागिपरेका छौं। स्वास्थ्यकर्मीसहितको टोली लिएर म कपन जाँदैछु,’ उनले भने, ‘सबैलाई परीक्षण गर्न किट छैन। संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका मानिसलाई परीक्षण गर्छौं।’ लकडाउन प्रभावकारी भए पनि बाहिरी जिल्लाबाट लुकीछिपी आउनेबाट समस्यामा पारेको मेयर खरेलले बताए। ‘नगरभित्रका मानिसमा देखिएको थिएन। तरकारी ल्याउने, लुकिछिपी लकडाउन उल्लंघन गर्नेबाट कोरोनाको खतरा भयो,’ उनले भने। बाहिरी जिल्लाबाट उपत्यका भित्रिन पूर्ण रोक लगाउनुपर्ने उनले बताए। ‘संक्रमण देखिएका बाहिरी जिल्लाबाट मानिस आउन दिनु भएन। बाहिरबाट मान्छे आइरहने अनि नगरपालिकाले क्वारेन्टाइनमा राख्न सक्दैन,’ उनले भने। स्वाब निकाल्ने मेसीन, आरडिटी परीक्षणसहित आफूहरू संक्रमण देखिएको कपन गएको उनले बताए। सेताेपाटीबाट साभार
Categorized in राष्ट्रिय