STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कपिलवस्तुका दुईमा कोरोना पुष्टि, कुल संंक्रमित १०१ पुगे

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २५, बिहिबार

काठमाडौं – कपिलवस्तुमा २ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ भने प्रदेश ५ मा मात्र संक्रमितको संख्या २६ पुगेको छ । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा स्वाब परीक्षण हुँदा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । बिहीबार कपिलवस्तु ८ निवासी १६ र २२ वर्षका २ युवकको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । उनीहरु मायादेवी गाउँपालिका वडा नं. १ पकडीमा रहेको छत्रपाली तिर्थादेवी माविको क्वारेन्टाइनमा बसेका थिए । उनीहरु भारतको मुम्बईबाट एक साताअघि लुकीछिपी जिल्ला आएको र स्थानीयबासीले समातेर क्वरेन्टाइनमा राखेका थिए । संक्रमित दुवै जनाको स्वास्थ्यअवस्था अहिले सामान्य रहेको छ भने उनीहरुलाई बुटवलको आइसोलेसन अस्पतालमा ल्याउने तयारी भइरहको जनाइएको छ ।

थप ८ संक्रमित निको भए

यसैगरी, विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमित निको भएका छन् । उदयपुरको भुल्केमा संक्रमण देखिएका उनीहरुको पछिल्लो तीन रिपोर्टमा कोरोना संक्रमण नदेखिएको हो । यसअघि झुल्केकै ६ जना बुधबार निको भएर अस्पतालबाट फर्किएका थिए । शुक्रबार आठजनाको डिस्चार्ज भएपछि १७ जना उपचारमा रहनेछन् । संक्रमित सबैको अवस्था सामान्य छ ।
Categorized in राष्ट्रिय