STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कपिलवस्तुमा थप ३ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या २७६ पुग्यो

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ३, शनिबार

काठमाडौं – कपिलवस्तुका थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीले कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, २४ र ४४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिए । यसअघि आजै बर्दिया, पर्सा, सिरहा, सर्लाही र चितवन निवासी ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार बर्दियाको नार्खु–११ निवासी २८ वर्षीय महिला, सिरहाको सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, , पर्साको वीरगन्ज निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगर४ निवासी १८ वर्षीया महिला र चितवनको गढौली–१ निवासी २५ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३६ जना कोरोना निको भएर घर फर्किएका छन् ।
Categorized in राष्ट्रिय