STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

करुणामय मानव विकास संघले वितरण गरे छात्रवृत्ति

Janjati Khabar – विजयरत्न असंबरे | २०८० जेठ ३०, मंगलबार

करुणामय मानव विकास संघले विभिन्न ठाउँका ८२ जना गरिब र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । काभ्रेको बनेपास्थित चक्रज्योति माविमा सम्पन्न भएको कार्यक्रममा २१ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्कुल व्याग, ड्रेस, जुत्ता लगायतका सामग्री वितरण गरेको हो । 

सन् २००५ सालमा स्थापना भएको संघले १८ वर्ष यतादेखि सिन्धुपाल्चोक, काभ्रे र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्तिको रुपमा आवश्यक सामग्री वितरण गर्दै आएको छ । मानव धर्म निर्वाह गर्नुपर्ने चेतना भएका दाताहरु पहिचान गरी उहाँहरुकै सहयोगमा संघले विद्यार्थीहरुलाई छात्रवृत्ति दिंदैआएको संघका सचिव उत्तम मानन्धरले जनाए ।

कक्षा एकदेखि १० कक्षासम्म अध्ययन गर्ने गरिव र जेहेन्दार विद्यार्थीहरु छनोट गरी उनीहरुको लागि आवश्यक हुने दैनिक शैक्षिक सामग्री तथा अन्य सहयोग संघले उपलब्ध गराउँदै आएको उहाँको भनाइ छ । कतिपय अवस्थामा संघको सहयोग र समन्वयमा अध्ययनरत विद्यार्थीहरु सक्षम भएपछि आत्मनिर्भर बनाउने उद्देश्यले जागिर लगाइदिने समेत गरेको छ । संघले शिक्षा, स्वास्थ्य तथा मानव धर्मको क्षेत्रमा समेत काम गर्दै आएको छ । संघका अध्यक्ष सिद्धिगोपाल मानन्धरको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य, ईमेज च्यानल टेलिभिजनका महाप्रबन्धक रघुवर भक्त मानन्धर, वडाध्यक्ष शुभलक्ष्मी मानन्धर, काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश मानन्धर लगायतको सहभागिता थियो ।

समाचार स्रोत - के के मानन्धर

Categorized in उपत्यका