STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कर्णालीका मुख्यमन्त्री र असन्तुष्ट सांसदलाई काठमाडौं बोलाइयो

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २७, मंगलबार

काठमाडौँ – कर्णाली प्रदेशको संसदीय दलमा विवाद बढेपछि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रदेश कमिटीका पदाधिकारीसहित मुख्यमन्त्रीलाई बिहीबार काठमाडौं बोलाएका छन् ।

कर्णाली प्रदेशको विवादलाई लिएर मंगलबार बालुवाटारमा भएको ओली-प्रचण्डको छलफलपछि प्रदेश कमिटीका पदाधिकारी, मुख्यमन्त्री र असन्तुष्ट सांसदहरुलाई काठमाडौं बोलाइएकाे सचिवालयका एक नेताले बताए। उनीहरुलाई दुई दिनभित्र काठमाडौं पुग्न भनेको छ ।

आइतबार दलका नेता तथा मुख्यमन्त्रीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णालीमा विवाद छताछुल्ल भएको छ । अविश्वासको प्रस्ताव दर्ता भए पनि मंगलबार माधव नेपाल-प्रचण्ड समूहका कर्णालीका नेताबीच सहमति हुँदा अविश्वासको प्रस्ताव ‘फेल’ भएको छ ।

माधव नेपाल पक्षका ३ जनालाई मन्त्री र एकजना सांसदलाई सचेत बनाउन सहमति भएपछि अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गरेका ७ सांसद फिर्ता भएका छन् । यसले गर्दा तत्कालका लागि मुख्यमन्त्री शाहीको पद जोगिएको छ ।

Categorized in राजनीति