STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कर्णालीमा थप २९ जनामा कोरोना संक्रमण

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २०, मंगलबार

काठमाडौं – कर्णाली प्रदेशमा मंगलबार २९ जना कोरोना भाइरस (कोभिड–१९)का संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुर्खेतका ११ जना, सल्यान र अछामका ९–९ जना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखाले जनाएको छ । वीरेन्द्रनगर नगरपालिका–१ का १७ देखि ५० वर्षसम्मका ८ जना, वडानम्बर ३ का १४ देखि ३३ वर्षसम्मका ३ जना रहेका छन् । सल्यानको दार्मा गाउँपालिका–१ का ३६ र ४८ वर्षका दुई पुरुष, वडानम्बर २ का ३६ र ४८ वर्षका दुई पुरुष, वडानम्बर ३ का ३५ र ३९ वर्षका पुरुष, वडानम्बर ४ का ३८, ४० र ५० वर्षका ४ जना पुरुष रहेका छन् । यस्तै अछामको मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका ४ का २२, २४, २७,२९, ३५ र ४० वर्षका ६ पुरुष, २७ र ३० वर्षका महिलामा कोरोना पुष्टि भएको छ । नयाँ पुष्टि भएकाहरूसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २६२ पुगेको छ ।
Categorized in राष्ट्रिय