relans
ni new 83
nib 2082 5

कर्णाली प्रदेशको बजेट ३१ अर्ब ४१ करोड

Janjati Khabar – Janjati Khabar | २०८१ आषाढ २, आइतबार

काठमाडौं - कर्णाली प्रदेश सरकारले आउँदो आर्थिक वर्षका निम्ति ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शनिबार कर्णाली प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आउँदो आर्थिक बर्षको बजेट प्रस्तुत गरेका हुन् ।

प्रस्तुत बजेटमध्ये पुँजीगत खर्चतर्फ १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार र चालुतर्फ सात अर्ब ५७ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै, वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहमा वित्तीय हस्तान्तरण चार अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री केसीले जानकारी दिए ।

आउँदो आर्थिक वर्षका निम्ति अनुमान गरिएको बजेटको स्रोतमध्ये आन्तरिक राजस्वबाट ८३ करोड ४४ लाख, चालु आर्थिक बर्षको बचतबाट पाँच अर्ब १३ करोड, संघीय सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम नौ अर्ब ३८ करोड र वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको १० अर्ब ३६ करोड र ससर्त अनुदानबाट तीन अर्ब ७१ लाख रुपैयाँ परिचालन गरिने उनले बताए ।

बजेटमा पर्यटकीयस्थलको गुरुयोजना कार्यान्वयन गर्न १४ करोड रुपैयाँ विनियोजन गरिएको छ । ऊर्जा विकास मन्त्रालयका निम्ति दुई अर्ब ८६ करोड रुपैया विनियोजन गरिएको छ । खानेपानी सेवा विस्तार र पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न एक अर्ब आठ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

Categorized in राजनीति
ppp 2