STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कर्फ्यु लगाएको क्षेत्रमा सेना परिचालन

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १५, शुक्रबार

काठमाडौं - सरकारले काठमाडौंको तीनकुने क्षेत्रमा सेना परिचालन गरेको छ । कर्फ्यु लगाएको क्षेत्रमा नेपाली सेनाको ट्यांकसहित सेना परिचालन गरिएको हो ।

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार अहिले अवस्था हेरेर निस्किएको बताए ।

“हामीले कहाँ कहाँ के गर्दैछौँ, हामीले पत्रमार्फत् जानकारी पनि गराउछौँ । अवस्था हेरेर अघि बढ्छौँ । आगजनी भएको क्षेत्रमा हामी निस्कनैपर्ने हुन्छ । किनकि आगो नियन्त्रणमा पनि लिनुपर्ने हुन्छ,” उनले भने ।

यो इराक घटनाजस्तै : गृह मन्त्रालय

२०६१ भदौ १६ गतेजस्तै अराजकता मच्चाइएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार यो इराक घटनाजस्तै भएको टिप्पणी गरेको छ ।

गृह मन्त्रालयका सहसचिव छवि रिजालका अनुसार यो भदौ १६ जस्तै प्रकृतिको घटना हो ।

“भदौ १६ जस्तै प्रकृतिको घटना देखियो । २० वर्षपछि त्यस्तै देखियो । त्यसबेला अराजक समूह थियो । अहिले निश्चित उद्देश्य बोकेको समूह थियो । यो क्षतिको जिम्मेवारी आयोजकले लिनेछन्,” उनले भने ।

प्रदर्शनका २५ घाइतेको केएमसीमा उपचार

राजावादीको प्रदर्शनका क्रममा घाइते २५ जनाको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था खतरामुक्त रहेको अस्पतालका प्रबन्धक नारायण ढकालले जानकारी दिए ।

शुक्रबार अश्रुग्यास प्रहारबाट गम्भीर बनेका प्रदर्शनकारी निराजन बम पलाँताका र अर्का एकजना हातमा गोली लागेका व्यक्तिको इमर्जेन्सी कक्षमा उपचार भइरहेको छ । घाइते २५ मध्ये केही सुरक्षाकर्मी समेत रहेको ढकालले जानकारी दिए ।

Categorized in राजनीति