"कर्म" चलचित्रको आम्दानी बौद्ध विहारहरुलाई दान दिइने
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ फाल्गुण १५, आइतबार
बुद्धकालिन कथा बस्तुमा आधारित नेपालभाषा चलचित्र ‘कर्म’ को प्रिमियर सो सम्पन्न भएको छ भने यस चलचित्रको प्रदर्शनबाट संकलन भएको सम्पूर्ण रकम बौद्ध विहारलाई नै प्रदान गरिने कुरा बताइएको छ । त्यसैले नेपालभाषाको चलचित्रलाई माया गर्ने दर्शकहरुले अवश्य पनि एक पटक ‘कर्म’ चलचित्र हेरी दिनु हुनेछ भन्ने विश्वास रहेको कुरा यस चलचित्रका निर्देशक रामकृष्ण खडगी ले बताएका छन् ।
गुण फिल्मस्काे ब्यानरमा निर्माण गरिएको यस चलचित्रको पटकथा, संवाद तथा निर्देशन रामकृष्ण खड्गी रहेको छ भने निर्माता राजेन्द्र(दिजेन्द्र) शाक्य रहेको छ । यो चलचित्र शनिवार ललितपुर ग्वार्को स्थित गुण सिनेमा प्रिमियर सो संगै सार्वजनिक गरिएको हो ।
वरिस्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, नारायणदेवी प्रधान, कर्म शाक्य, आशिष्मा नकर्मी, अन्नपूर्णेश्वरी श्रेष्ठ, लुनिभाः तुलाधर, यमन श्रेष्ठ, रजनी खड्गी, शोभा महर्जन, आराध्यलक्ष्मी खड्गी, राजु महर्जन, सुरज व्यञ्जनकार, रुपेन्द्र श्रेष्ठ लगायतका स्थापित कलाकारहरुको अभिनय रहेको सो चलचित्रमा सबै कलाकारको निकै राम्रो अभिनय रहेको छ ।
लुःजः सिंहको छायांकन, बालकृष्ण बंशीकाे सम्पादन, पाश्र्व संगीत तथा संगीत संयोजन रहेको सो चलचित्रमा सह–निर्माता दिप्रश शाक्य एवं सह–निर्देशक राजन शाही रहेका छन् भने श्रृङ्गारमा उमीसा पाण्डे तथा निर्माण नियन्त्रकमा उजय शाही रहेको छ ।
मानिसले आफुले गरेको कर्म अनुशारको फल पाउने सामाजिक संदेशमा आधारित "कर्म" का निर्देशक खड्गीले यसभन्दा अघि बौद्ध जातक कथामा पटाचारा , कृषा गौतमी जस्ता चलचित्र बनाइसकेका छन् भने यी अघिल्ला चलचित्रहरुले अपार सफलता पाएकोमा खुशी व्यक्त गर्दै चलचित्रलाई माया गर्ने दर्शकहरुले अवश्य पनि एक पटक यो ‘कर्म’ चलचित्र पनि हेरी दिनु हुनेछ भन्ने विश्वास रहेको बताए । साथै चलचित्र राम्रो बनेको छ भन्ने आफु लाई लागेमा साथिभाई इष्टमित्रलाई भन्न र यसमा भएका कमीकमजोरी तथा प्रतिक्रिया दिन स्रोता दर्शकमा अनुरोध गरेको छ ।
Categorized in सिनेमा

