STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कर सप्ताह

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २, सोमबार

‘आठौँ स्वच्छ कर प्रशासन, विकास र सुशासन’ भन्ने नाराका साथ यहाँ कर दिवस सप्ताह शुरु भएको छ । कर सप्ताहको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुललाले खर्चका अनुसार कर बुझाउनुपर्छ तथा कर तिर्नेहरुका लागि राज्यले करमैत्री वातावरण बनाउनुपर्छ भन्नुभयो । त्यस्तै, प्रदेश नं ३ सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डा मुकुन्द पौडेलले देशमा करका लागि नयाँ नयाँ क्षेत्र जन्मिएको र ती क्षेत्रमा पनि करको दायरा बढाउनुपर्छ भन्नुभयो । मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवालले कर प्रणालीमा राज्यले भिसिटिसी लागू गरेको छ तर गाउँगाउँमा इन्टरनेट छैन त्यसैले यो प्रणाली अव्यावहारिक भएको बताउनुभयो । उद्योग सङ्घ मकवानपुरका अध्यक्ष नवराज अर्यालले जनताबाट उठाएको कर विकास निर्माणमा प्रयोग भएको छैन, राज्यले खर्च पनि गरेको छैन र खर्च पारदर्शी पनि छैन भन्दै सरकारले गरेको खर्च जनतामा सार्वजनिक गर्नुपर्छ भन्नुभयो । आन्तरिक राजश्व कार्यालय, हेटौँडाका प्रमुख सन्तबहादुर ढकालले कार्यालयमा कर दिनेको सहभागिता बढाउँदै कार्यालय स्थापनादेखि हालसम्म भ्याटमा चार हजार ३३७, अन्तःशुल्कतर्फ एक हजार ४२९, आयकरतर्फ २० हजार ९३६ र व्यक्तिगत प्यानतर्फ ३१ हजार ४९७ दर्ता भएको जानकारी दिनुभयो । कर सप्ताहको सात दिनभित्र जनचेतनामूलक कार्यक्रम, प्रचारप्रसार तथा उद्योगी–व्यवसायीसँग छलफल गर्ने कार्यक्रम रहेको सो कार्यालयले जनाएको छ । बचत सङ्घको अध्यक्षमा श्रेष्ठ जिल्ला बचत तथा ऋण सहकारी सङ्घ मकवानपुरकोे अध्यक्षमा कल्पना श्रेष्ठ विजयी हुनुभएको छ । सङ्घको हालै सम्पन्न निर्वाचनले सो सङ्घको उपाध्यक्षमा मीना चौरेल, सचिवमा वीरेन्द्रप्रसाद ढुङ्गाना र कोषाध्यक्षमा विष्णुमाया लामा विजयी हुनुभएको छ । सहसचिव पदमा विजयबहादुर बस्नेत निर्विरोध निर्वाचित हुनुभएको थियो । सङ्घको खुल्ला सदस्यमा हिमाल पौडेल र जुना दङ्गाल विजयी हुनुभएको निर्वाचन अधिकृत नारायणप्रसाद देवकोटाले जानकारी दिनुभयो । सङ्घको क्षेत्रगत सञ्चालक सदस्यतर्फ पूर्वी क्षेत्र सदस्यमा सीताराम दाहाल, पश्चिमी क्षेत्र सदस्यमा शङ्करप्रसाद कालाखेती, उत्तरीपूर्वी क्षेत्रबाट शर्मिला महत, उत्तर क्षेत्रबाट समितिमा फणीन्द्रनाथ सुवेदी निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै, सङ्घको लेखा समिति संयोजकमा सुलोचना स्याङ्तान, सदस्यमा पुष्पराज पराजुली र सचिता भट्टराई निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत देवकोटाले जानकारी दिनुभयो । प्राप्त जानकारीअनुसार १३८ जना शेयर सदस्य रहेको सङ्घमा ११० मतदाता रहेको र ८६ मत खसेको थियोे ।
Categorized in राष्ट्रिय