STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कलंकी ट्रक दुर्घटनामा दुईकाे मृत्युु, ६ घाइते

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २७, शनिबार

काठमाडाैँ - काठमाडौँको कलंकीमा ट्रकको ब्रेक फेल भएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। 

शुक्रबार राती थानकोटबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश-२- ०३००१ ख १४२० नम्बरको मालवाहक ट्रक ब्रेक फेल भई दुर्घटना भएकाे थियाे ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा कङशंकर दमाई, रञ्‍जित कुमार चौधरी रहेका छन्। यस्तै घाइते हुनेहरुमा शम्भुनाथ, रामचन्द्र सिम्खडा, सुजन मानन्धर, विशाल श्रेष्ठ र सन्ध्या खत्री रहेकाे प्रहरीले जनाएकाे छ।

ट्रकले ६ वटा सवारीसाधनलाई ठक्कर दिएको थियो।

कालिका पेट्रोल पम्पनजिकै ब्रेक फेल हुँदा ट्रकले मोटरसाइकल र कारहरुलाई ठक्कर दिएको थियो।

घटनास्थलमा क्रेन लगेर दुर्घटना भएको ट्रक तानिएको छ ।

Categorized in अपराध-दुर्घटना