STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कलास्टार अनलाइन प्रतिभा खोजी : अन्तिम १२ प्रतियोगी सार्वजनिक

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ १९, बुधबार

कलास्टार अनलाइन प्रतिभा खोजी २०७८ सांगीतिक कार्यक्रमको टप प्लस २ मा परेका प्रतिभाहरुको नाम आज बुधबार सार्वजनिक गरिएको छ ।

संगीतकार शान्तबहादुर शाक्यको संयोजनमा संचालित सो अनलाइन कार्यक्रममा दिवंगत गायक प्रेमध्वज प्रधानलाई श्रद्धाञ्जलिस्वरुप थालिएको थियो । प्रधानकै ४५ औं दिनको पुण्य तिथि पारेर आउँदो असार ५ गते यसको समापन गरिने भएको छ ।

अनलाइनबाट प्रतिभाको खोजी हुने सो कार्यक्रममा यसपटक ललेन्द्र शाक्य (प्रतियोगी नं. १०), मचाराजा महर्जन (२५), सुरज मानन्धर (२९), रितु सिवा (३७), सुरेश मानन्धर (४१), मैंया मुनिकार महर्जन (४४), छाँया पिया (४८), रविकुमार महर्जन (७१), प्रकाश हमाल (७४), सुरेन्द्र खड्गी (७६), शुद्धलक्ष्मी श्रेष्ठ (७८) र सुरज मानन्धर (७९) छनोट हुन सफल भएका छन् ।

सो कार्यक्रमको पहिलो चरण्ढामा ८२ जना, दोस्रो चरणमा ३० हुँदै अहिले १२ जना प्रतियोगी छनोट गरिएको हो ।

संयोजक शाक्यले दिएको जानकारी अनुसार बालाजुस्थित अष्टनारायण हलमा सो कार्यक्रमको समापन कार्यक्रम सामाजिक दुरी कायम गरी गरिने भएको छ । समापन कार्यक्रममा अन्तिम चरणमा छनोट भएका १२ जना प्रतियोगीको लाइभ कार्यक्रम हुने जनाइएको छ ।

समापन कार्यक्रममा २०७८ का प्रतियोगीहरु रविन्द्र श्रेष्ठ, सिद्धार्थ बज्राचार्य र सुमन बज्राचार्य, विदेशबाट सहभागिता जनाउने बैंग्लोरका पुनम अमात्य, अष्ट्रेलियाका हरिओम र युकेका राजेश मानन्धरलाई सम्मान पनि गरिने भएको छ । यसैगरी अनलाइनमा बढी दर्शक पाउने मिनर्वा शाक्य, पवित्रकुमार महर्जन र सृजना बज्राचार्यका साथै कल्पना श्रेष्ठ, रेशम थापा, राजु शाक्य र सुमन शाक्यलाई सो कार्यक्रममा विशेष सम्मान गरिने जनाइएको छ ।

प्रतियोगीले समापन कार्यक्रममा गोल्डेन भ्वाइस अफ नेपाल प्रेमध्वज प्रधानका गीतहरु नै प्रत्यक्ष रुपमा गाउनुपर्ने संयोजक शाक्यले जनाएका छन् ।

अन्तिम १२ मा पर्न सफल प्रतियोगीको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

Categorized in साहित्य-कला