STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर ११, सोमबार

काठमाडौं - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कसैले चाहदैमा राजतन्त्र नआउने बताएका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दलदलेमा सोमबार आयोजित एक कार्यक्रममा सभापति देउवाले कसैले भन्दैमा राजतन्त्र नआउने बताएका हुन् ।

सभापति देउवाले संविधानसभाले राजा हटाउने निर्णय गरिसकेकाले राजतन्त्र अब नफर्किने स्पष्ट पार्दै भने, 'पूर्वराजा फर्कने कुरा छैन, संविधानसभाले राजा हटाउने निर्णय गरिसकेको छ, कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन ।'

सभापति देउवाले अन्य विषयमा छलफल गर्न सकिए पनि राजतन्त्र फर्काउने विषयमा कुनै कुरा नहुने भन्दै सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिए ।

सोही कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले राजतन्त्रका बारेमा वकालत गर्नु भोलिका लागि घातक हुने बताए ।

Categorized in राजनीति