STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, शल्यक्रिया सम्पन्न

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण १४, शुक्रबार

काठमाडौँ – नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई आज बिहान ३ बजेतिर मस्तिष्कघात भएपछि शरीरको देब्रे भाग नचल्ने समस्या देखियाे । उपचारका लागि सुरूमा उनलाई वीर अस्पताल पुर्याइएको थियो। त्यहाँबाट बिहानै थापाथलीस्थित नर्भिक अस्पताल सारियो।

मस्तिष्कघात भएका जोशीको नर्भिक अस्पतालमा शल्यक्रिया गरिएको छ। उनको स्वास्थ्य अवस्था जटिल रहेको चिकित्सकहरूले बताएका छन्।

ब्रेन ह्यामरेज भएको र अवस्था चिन्ताजनक नै रहेको नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले बताए।

जोशीको मस्तिष्कको नशा फुटेर मस्तिष्कमा रगत छरिएको थियो।

नर्भिकमा डाक्टर राजीव झा नेतृत्वको चिकित्सक टोलीले जोशीको स्वास्थ्य उपचार गरिरहेका छन्।

‘केस क्रिटिकल छ। ४८ घन्टा हेरौं। अहिले केही भन्न सकिन्न,’ निर्देशक सिंहले भने। नर्भिकको आइसियूमा राखेर उनको उपचार जारी छ।

Categorized in व्यक्तित्व