STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेका उम्मेदवार निर्वाचित

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १, आइतबार

काठमाडौं - काभ्रेको नमोबुद्ध नगरपालिका- १ मा स्वतन्त्र उम्मेदवारले निर्वाचन जितेका छन्। नेपाल विद्यार्थी संघ काभ्रेका पुर्व सभापति एवं नमोबुद्ध नगरपालिका- १ को वडा सभापतिसमेत रहेका स्वतन्त्र उम्मेदवार प्रेम लामाले निर्वाचनमा वडा अध्यक्ष जितेका छन्।

नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका लामाले पार्टीकै उम्मेदवारलाई हराउदै निर्वाचन जितेका हुन्। स्वतन्त्र उम्मेदवार लामाले ५ सय ५६ मत ल्याएर निर्वाचन जितेका छन्। नेकपा एमालेका उम्मेदवारले ४ सय ४७ मत पाएका छन् भने नेपाली कांग्रेस पार्टीका उम्मेदवारले २ सय ८ मत पाएकाछन। वडामा टिम नै स्वतन्त्र उठाएका लामाले दलित महिला र एक पुरुष सदस्य समेत स्वतन्त्रबाट निर्वाचित भएका हुन्। वडा नं १ मा महिला सदस्य र एक पुरुष सदस्य नेकपा एमाले पार्टीका उम्मेदवारले जितेका छन्।

निर्वाचित लामासँगको टेलिफोन कुराकानीमा पार्टीले पत्याएन तर जनताले अमूल्य मत दिएर जिताएको लामाले जानकारी दिए। 'म लामो समय विद्यार्थी राजनीति नेविसंघमा रहेर काम गरेपनि पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिन बाध्य भएको लामाले जानकारी दिए। वडा अध्यक्षमा निर्वाचित लामाले जनताको काम गर्नको लागि कुनै पार्टी नचाहिने अब सबै समय जनताकै लागि भएको बताए।  निर्वाचित लामा जेब्रा चिन्नबाट उठेका थिए।

Categorized in राजनीति