STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित ३५ उम्मेदवारका नामावली

Janjati Khabar – Janjati Khabar | २०७८ पौष ५, सोमबार

पुस ५, काठमाडौं - नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा डा. शशांक कोइराला, एनपी साउद लगायत ३५ जना निर्वाचित भएका छन् ।

त्यसै गरी बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी र जिपछिरिङ लामा पनि कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठ पनि कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भए । अन्तिम मत परिणामअनुसार जितजंग बस्नेत, नैनसिंह महर, सुनीलबहादुर थापा, डा. रामशरण महत र दिलेन्द्रप्रसाद बडु पनि १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

त्यस्तै मोहनबहादुर बस्नेत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल र डा. गोविन्दराज पोखरेल पनि निर्वाचित भएका छन् । राजीव ढुंगाना, सञ्जयकुमार गौतम, दिनेश कोइराला, मदनबहादुर अमात्य पनि केन्द्रीय सदस्यमा विजयी भए ।

पत्रकार अजयबाबु शिवाकोटी र उमेशजंग रायामाझी केन्द्रीय सदस्यमा निर्वाचित हुँदा गणेश लामा, कृष्णकिशोर घिमिरे, डा.गोपाल दहित र मोहन आचार्यले पनि चुनाव जितेका छन् ।

कांग्रेसमा ३५ जना खुला केन्द्रीय सदस्यमा निर्वाचित हुने व्यवस्था छ । ३५ सिटका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए ।

Categorized in राजनीति