STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कांग्रेस नेता थापा पुनः कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण १६, मंगलबार

काठमाडौं - सर्वाेच्च अदालतको फैसलाका कारण २२ दिनमै कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटेका नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा पुनः मुख्यमन्त्री बनेका छन् । मंगलबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष बहुमतको हस्ताक्षरसहित दाबी पेश गरेका थापालाई खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

थापाले आफूलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका थिए।

यसअघि मुख्यमन्त्रीमा नियुक्त हुँदा सभामुख बाबुराम गौतमको मतको समर्थन लिएका थिए । तर, यसपटक भने सभामुख गौतमलाई पदबाट राजीनामा दिन लगाएर गठबन्धन दलहरुले बहुमत पुर्‍याएका हुन् ।

थापालाई गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्र १३, एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टीका १ सहित ४७ सांसदले समर्थन जनाएका थिए । ९३ सदस्यीय प्रदेशसभा रहेको कोशीमा बहुमतको सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । प्रतिपक्षमा रहेको एमालेसँग ४० र राप्रपासँग ६ प्रदेश सांसद छन् ।

Categorized in राजनीति