STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कांग्रेस संसदीय दलको नेता चुन्न मतदान सुरु

Janjati Khabar – Janjati Khabar | २०७९ पौष ६, बुधबार

काठमाडौं - सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् ।

बिहान ८:४५ बजेदेखि सुरु भएको मतदान प्रक्रिया १० बजेसम्म चल्नेछ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदानको व्यवस्था गरिएको छ । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान समाप्त भएपश्चात आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएको छ । 

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो । सांसद्हरु मतदानका लागि सिंहदरबार पुग्ने क्रम जारी छ । कांग्रेस संसदीय दलको कार्यालय बाहिर सुरक्षा कडा बनाइएको छ।

Categorized in राजनीति