काङग्रेसकी संस्थापक सुन्दासको निधनप्रति दुःख व्यक्त
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २, सोमबार
नेपाली काङ्ग्रेस संसदीय दलले नेपाली राष्ट्रिय काङ्ग्रेसकी संस्थापक सदस्य एवं वरिष्ठ साहित्यकार डा लख्खीदेवी सुन्दासको निधनप्रति दुःख व्यक्त गर्दछ ।
काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक शोक विज्ञप्तिमार्फत उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्नुभएको छ । नेत्री सुन्दासको ८५ वर्षको उमेरमा गत साउन ३० गते निधन भएको हो ।
सन् १९३४ मा जन्मिनु भएकी सुन्दास राजनीतिक, साहित्यिक एवं शैक्षिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी स्व सुन्दास सन् २००१ को भारतीय अकाडमी पुरस्कारबाट विभूषित हुनुभएको थियो ।
प्रमुख सचेतक खाणले सुन्दासले राजनीतिक, साहित्यिक र शैक्षिक क्षेत्रमा पु¥याउनु भएको योगदान सदाका लागि स्मरणीय रही रहने उल्लेख गर्दै उहाँको निधनले राजनीतिक, साहित्यिक एवं शैक्षिक क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाउनुभएको छ ।
Categorized in राष्ट्रिय