काठमाडाैंमा शान्तिपूर्ण प्रदर्शन
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ३१, शनिबार
काठमाडौं - कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च विवरण पारदर्शी बनाउन माग गर्दै शनिबार पनि काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन भएको छ ।
प्रदर्शनकारीहरुले हातमा गुलाबको फूल लिएर सरकारलाई आफ्नो दायित्व नबिर्सिन स्मरण गराएका छन् । माइतीघरमण्डल क्षेत्रको सडक किनारमा भेला भएकाहरुले लिम्पियाधुरासहितको नयाँ नक्साका लागि सरकारलाई धन्यवाद दिँदै कोरोना नियन्त्रणको क्षेत्रमा भएको भनिएको १० अर्बको हिसाब मागेका छन् ।
अघिल्ला दिनको प्रदर्शनमा जस्तै क्वारेन्टिनलाई जोखिमयुक्त बनाउन र शतप्रतिशत पीसीआर परीक्षण गर्न पनि माग राखेका छन् ।
सो क्षेत्रमा उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रदर्शनस्थलबाट चार जना विदेशी नागरिक र एकजना नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकालाई नगर प्रहरीमा राखिएको छ ।
Categorized in राजनीति